IME Life New

राष्ट्रिय बीमा कम्पनीमा पत्रकारको दुर्घटना बीमा गराउँदै सरकार, यस्ता छन् १० सर्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पत्रकारको दुर्घटना बीमा गराउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सूचना तथा प्रसारण विभागले एक सूचना जारी गर्दै दुर्घटना बीमा गराउन पत्रकारहरुलाई निवेदन दिन आह्वान गरेको छ।

विभागको चालु आर्थिक २०८१।८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पत्रकार दुर्घटना बीमा गर्ने प्रयोजनका लागि इच्छुक सञ्चार प्रतिष्ठानमा कार्यरत तथा स्वतन्त्र पत्रकारबाट सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात आउँदो फागुन १४ गतेभित्र तोकिएको सर्तको अधीनमा रही रीतपूर्वक निवेदन दिन आह्वान गरिएको छ।

Esewa
Crest

यस्ता छन् सर्त

  • बीमा गर्न इच्छुक श्रमजीवी स्वतन्त्र तथा सञ्चार गृहमा कार्यरत पत्रकारले विभागले तोकेको ढाँचामा छुट्टाछुटै आवेदन दिनुपर्नेछ।
  • प्राप्त आवेदन मध्येबाट छनौट भएका ७७ जना श्रमजिवी पत्रकारको बीमांक रकम कुल ७ लाखको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिनेछ।
  • बीमाका लागि आवश्यक रकम विभागले राष्ट्रिय बीमा कम्पनीमा जम्मा गरिदिनेछ।
  • अन्य सरकारी निकायबाट पत्रकार दुर्घटना बीमा नगरेका पत्रकारले मात्र आवेदन दिन सक्नेछन्।
  • काठमाडौं उपत्यकाभित्रका ५० प्रतिशत र उपत्यकाबाहिरका ५० प्रतिशत पत्रकारको बीमा गरिनेछ। उपत्यका बाहिर वा भित्र कार्यक्षेत्र भएका पत्रकारहरुको आवेदन कम परेको अवस्थामा आवेदन गरेकाहरु मध्येबट नै समावेश गरिनेछ।
  • रितपूर्वक आवेदन आई छनौट भएका (श्रमजीवी पत्रकार स्वतन्त्र तथा सञ्चार प्रतिष्ठानमा कार्यरत)लाई विभागले बीमाका लागि छनौट भएको जानकारी दिनेछ।
  • पत्रकार दुर्घटना बीमाको सम्बन्धमा बीमा कम्पनीको निर्देशन तथा सर्त लागू हुनेछ।
  • आवेदन फारम भरी ई–मेल ठेगाना doibinsurance.gmail.com मा पठाउनुपर्नेछ।
  • आवेदन फारम वेबसाइट www.doib.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
  • बीमा गरिने आवेदकहरुको छनौट उमेरको ज्येष्ठताका आधारमा गरिनेछ। उमेर खुल्ने नागरिकताको स्पष्ट बुझिने प्रतिलिपि र विभागबाट जारी भएको पत्रकार परिचयपत्रको प्रतिलिपि आवेदनका साथ पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS