IME Life New

नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ७५ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब १० करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अन्य इक्विटीमा २४ करोड ४३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको छ। स्पेसल रिर्जभमा १ अर्ब ४५ करोड रहेको छ ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म कम्पनील ५३ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७५ दशलमव ७० प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २८ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ८ करोड ६ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म २५ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २२ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२ दशलमव ५२ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनी ३६ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको घाटा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS