IME Life New

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको व्यापारमा उल्लेख्य वृद्धि, १४५%ले बढ्यो बीमा कोषको आकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा २३.१६ प्रतिशतले घटको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४१ लाख ३२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क १०७१.५१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ लाख ६९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३८ लाख ५७ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ८५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ लाख ९७ हजार रुपैयाँ र अन्य इक्विटीमा ५७ हजार १५७ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा ३४ लाख ९० हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ४९ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २७ लाख २१ हजार रुपैयाँ र अन्य इक्विटीमा ४९ हजार ८०८ रुपैयाँ रहेको थियो।

कम्पनीको बीमा कोषमा ११ करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ४ करोड ६२ लाख रुपैयाँ थियो। बीमा कोषको आकार १४४.९२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS