काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
२ अर्ब शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५.२५ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा ६४ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
पुष मसान्तसम्ममा कम्पनीले ९४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.०४ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले यस अवधिमा २८ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.५० प्रतिशतले घटेको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.१७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५२.७७ रुपैयाँ रहेको छ ।


















