IME Life New

दोस्रो त्रैमाससम्म ट्रस्ट माइक्रो इन्स्योरेन्सको वित्तीय प्रदर्शन कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १२ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो त्रैमासमा भने कम्पनीको नाफा ९१ लाख ५८ हजार रुपैयाँ रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा ४२ लाख १४ हजार रुपैयाँ, महाविपत्ति कोषमा ४ लाख २१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ लाख रु९ हजार रुपैयाँ र अन्य इक्विटीमा १६ लाख ७६ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा ३६ लाख १२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ६१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३१ लाख ७८ हजार रुपैयाँ र अन्य इक्विटीमा १७ लाख ३६ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा १० करोड १५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ३ करोड ४४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १९४.३९ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। दोस्रो त्रैमासमा मात्रै यो कम्पनीले २ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। दोस्रो त्रैमासमा भने कम्पनीले ९४ लाख ७८ हजार खुद बीमाशुल्क आर्जन गरेको छ।

शेयरपुँजी ५२ करोड ५० लाखन रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.२३ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS