IME Life New

क्रेस्ट माइक्रो लाइफको व्यापारमा उल्लेख वृद्धि, नाफा पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ४० लाख १७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २३९.०५ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १३ लाख ९६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड १० लाख २६ हजार रुपैयाँ र अन्य इक्विटीमा ७२ लाख ६७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ९ लाख ९४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ८८ लाख ५५ रुपैयाँ र अन्य इक्विटीमा ७२ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म शेयरपुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ३ करोड ६३ लाख ३७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २२ लाख २९ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १४८५.३८ प्रतिशतले बढेको छ।दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ८०७.०९६ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ११ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७३२.२० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS