IME Life New

उच्च रेन्जमै खुल्यो गार्डियन माइक्रो लाइफको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आज आइतबारबाट दोस्रो बजारमा खुलेको छ।

नेप्सेले गार्डियन माइक्रो लाइफलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतममा ३०१.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो भने ‘जीएमएलआई’ कारोबार संकेत प्रदान गरेको छ। आज प्रि–सेसनमा नेप्सेले तोकेको अधिकतम रेन्ज ३०१ रुपैयाँमा यो कम्पनीको शेयर किनबेच भएको छ। अब नियमित सेसनका लागि शेयर कारोबार हुनेछ।

Esewa
Crest

यो कम्पनीको आइपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। नेप्सेमा कुनै पनि कम्पनीको साधारण शेयर सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, शुक्रबार शेयर कारोबार नहुने भएकोले यो कम्पनीको शेयर आज आइतबारदेखि मात्रै कारोबारमा आउने भएको हो।

नेप्सेमा गार्डियन माइक्रो लाइफको कुल ७५ लाख कित्ता शेयर बिक्री सूचीकृत भएको छ। जसमा संस्थापकको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को २२ लाख ५० हजार कित्ता रहेका छन्।

गार्डियन माइक्रो लाइफले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट माघ ६ गते भएको थियो।

गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS