IME Life New

दोस्रो बजारमा आजबाट खुल्दैछ गार्डियन माइक्रो लाइफको शेयर कारोबार, ओपनिङ रेन्ज कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आज आइतबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ।

यो कम्पनीको आइपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। नेप्सेमा कुनै पनि कम्पनीको साधारण शेयर सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, शुक्रबार शेयर कारोबार नहुने भएकोले यो कम्पनीको शेयर आज आइतबारदेखि मात्रै कारोबारमा आउने भएको हो।

Crest

नेप्सेमा गार्डियन माइक्रो लाइफको कुल ७५ लाख कित्ता शेयर बिक्री सूचीकृत भएको छ। जसमा संस्थापकको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण (वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को २२ लाख ५० हजार कित्ता रहेका छन्।

नेप्सेले गार्डियन माइक्रो लाइफलाई ‘जीएमएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतममा ३०१.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

आज प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको शेयर किनबेच भएपछि मात्रै नियमित सेसनका लागि कारोबारमा आउनेछ।

गार्डियन माइक्रो लाइफले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट माघ ६ गते भएको थियो।

गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS