IME Life New

दाबी भुक्तानी लिन आउन बीमितलाई राष्ट्रिय बीमा कम्पनीको ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बुझिलिन बाँकी रहेको दाबी भुक्तानी लिन आउन बीमितलाई पुनः ताकेता गरेको छ। कम्पनीले आज एक सूचना गर्दै दाबी भुक्तानी लिन आउन बीमितलाई ताकेता गरेको हो। ‘कम्पनीबाट आर्थिक वर्ष २०७१।७२ देखि २०७५।७६ सम्म भएका भएका बीमालेखअन्तर्गत दाबीको जानकारी कम्पनीमा गराइएको थियो’, सूचनामा उल्लेख छ, ‘तर, कम्पनीबाट दाबी भुक्तानीका सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि बीमितले बुझाएका छैनन्। यसबारेमा बीमितलाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजपत्र बुझाएका छैनन्।’

अब यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दाबी भुक्तानी लिन बाँकी रहेका बीमितले आवश्यक कागजपत्र कम्पनीको प्रधान कार्यालय वा शाखाहरुमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ। तोकिएको मितिभित्र बीमितहरुले आवश्यका कागजपत्र बुझाई दाबी भुक्तानी प्रक्रिया अगाडि नबढाए फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

Esewa
Crest

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितको विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिने व्यवस्था पनि गरिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS