IME Life New

राष्ट्रिय बीमा कम्पनीको निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता (कृषी, पशुपंक्षी तथा जडिबुटी तालिम समेत) आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रिय कार्यालयले माघ २० गते देखि माघ २३ गतेसम्म काठमाडौंको बानेश्वर स्थित अल्फा हाउस ब्यांक्वेटमा चार दिने बीमा अभिकर्ता तालिमका साथै परीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा शिबहरी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको सभापतित्व व्यवस्थापक तथा वजार विभाग प्रमुख देवराज घिमिरेले गरेका थिए ।

Esewa
Crest

कम्पनीका नायब व्यवस्थापक दिपक राज पाण्डेयले संचालन गरेको सो कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृसुबास कोइराला, मुख्य व्यवस्थापक रजनी पौडेल, व्यवस्थापक निरञ्जन आचार्य लगायतको उपस्थिती रहेको थियो।

तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले तालिम कार्यक्रम धेरै नै प्रभावकारी रहेको धारणा राखेका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आपनो मन्तब्यको क्रममा सम्पूर्ण अभिकर्ता लाई बधाई दिँदै अभिकर्ताको क्षेत्रमा सक्रिय रुपमा लाग्न तथा त्यस क्रममा कम्पनीको तर्फबाट सधै साथ र सहयोग रहने बताए ।

कार्यक्रमको समापन गर्दै व्यवस्थापक तथा वजार विभाग प्रमुख देवराज घिमिरेले सम्पूर्ण अभिकर्ता लाइ तालीम तथा परीक्षामा सक्रिय सहभागिताको लागी धन्यबाद दिदै बजार व्यवस्थापन विभाग नयाँ नयाँ ब्यबसाय भित्राउने कार्यमा कम्पनीका अभिकर्तालाई सहजीकरण गर्ने कार्यमा आश्वस्त पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS