IME Life New

लाभांश पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले फागुन १५ गते ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

Esewa
Crest

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बकुक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS