IME Life New

आज अन्तिम दिन नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ५१ हजार बढीले आवेदन दिएका छन्। सीडीएससीका अनुसार आइपीओमा आज माघ २२ गते साँझ ५ बजेसम्म ५१ हजार ७९० जनाले १६ लाख ४० हजार ८८० कित्ताका लागि आवेदन दिएका हुन् । यो भनेको मागभन्दा ७.२९ गुणा बढीले ओभरसब्सक्राइब्ड हो।

Esewa
Crest

कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो। यो आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्राथबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS