IME Life New

सूर्यज्योति लाइफद्वारा विभिन्न प्रदेशमा न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको जीवनको लागि न्यानो भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ। सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई आत्मसात गर्दै देशभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् भनि असहाय बालबालिका, बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल,सिरक तथा न्यानो कपडा वितरण गरेको हो।

Esewa
Crest

प्रदेश २ अन्तर्गत कलैयामा स्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरुको लागि २२ वटा ज्याकेट र जनकपुर स्थित श्री नारायण बाबा दलित जनजाति स्कुलका बिद्यार्थीहरुका लागि ४६ वटा गरि ६८ वटा न्यानो ज्याकेट बितरण गरेको हो।

प्रदेश ३ अन्तर्गत ललितपुर जिल्लामा अवस्थित पाटन सामुदायिक पुनर्स्थापना संस्थाको सहकार्यमा अपाङ्गता समस्या भएका बालबालिका तथा युवाहरुका लागि ५० वटा न्यानो ज्याकेट वितरण गरेको हो।

प्रदेश ४, बागलुङ्ग जिल्लामा रहेको काठेखोला गाउँपालिका ५, बिहुदहपानी अवस्थित बालग्राम आधारभूत बिद्यालयका बिद्यार्थीहरुका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरिएको हो। कार्यक्रममा सहयोग र सहजिकरण गरिदिनका लागि बिद्यालय प्रधानाध्यापक एबम शिक्षक शिक्षिकाहरु, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष,वडाध्यक्ष र सूर्यज्योति लाइफ इन्स्योरेन्स बागलुङ्ग शाखाका एजेन्सि म्यानेजरहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्ला अन्तर्गत महाराजगंज नगरपालिका वडा नं १०, हदौना क्षेत्रका अति बिपन्न ५०० परिवारहरुलाई ५०० वटा न्यानो सिरक वितरण गरिएको हो। उक्त अवसरमा पूर्व मंत्री तथा बर्तमान सांसद मा। सुरेन्द्र आचार्य ,नगर प्रमुख अब्दुल कलाम, वडा प्रमुख लगायत सूर्यज्योतिका एजेन्सी म्यानेजर भरत प्रसाई ,प्रदेश प्रमुख र कर्मचारीहरुको उपस्तिथी रहेको थियो।

देशका विभिन्न स्थानहरुमा अत्याधिक चिसोको कहर असाहय बालबालिका तथा बृद्धबृद्धा र विपन्न परिवारमा प्रत्यक्ष्य परेको र यसबाट जोगिन सिरक,कम्बल तथा न्यानो लुगा बितरण अभियान चलाईएको र विपत र प्राकृतिक प्रकोपको बेला आवश्यक परेको खण्डमा सूर्यज्योति सदैव अग्र पन्थिमा उभिने कुरा सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले व्यक्त गरे।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु ५०१ करोड, कुल लगानी रु ४,२४२ करोड, जीवन बीमा कोष रु।३८०३ करोड, जारी बीमालेख संख्या ३१ लाख ७२ हजार ५१०, प्रशिक्षित अभिकर्ता संख्या १ लाख १ हजार १०० र देश भर रहेका १७४ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ।

बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015  प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न पनि सफल भएको छ।

साथै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारण सभा यहि पौष ६ गते सम्पन्न गर्दै शेयरधनीहरुका लागि २० प्रतिशत नगद लाभांस समेत बितरण गरीसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS