IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो, अहिलेसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आज माघ १३ गतेसम्म साढे ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको छ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ ल्याउन अनुमति दिएको छ। त्यसको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको अर्थात २ लाख २५ हजार कित्ता शेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

कुल कित्तामध्ये कम्पनीले कर्मचारीका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ३९ हजार ५१५ वैदेशिक रोजगारमा रहेका नेपालीले १२ लाख ६५ हजार ५० कित्ताका लागि खरिद आवेदन दिएका छन्। जुन मागभन्दा ५.६२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओ भर्दा कम्तीमा १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरुले कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आइपीओ भर्ने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ।

आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो। यसअघि गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS