IME Life New

पुससम्म लघु जीवन बीमकको व्यापार सवा ५१ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म लघु जीवन बीमकहरुले सवा ५१ करोड रुपैयाँ व्यापार भित्र्याउन सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्म ३ वटा लघु जीवन बीमकले ६ लाख ६९ हजार २४४ वटा बीमालेख जारी गर्दै ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ४ लाख ७४ हजार १८६ वटा बीमालेख जारी गर्दै २० करोड २० लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १ लाख २३ हजार ३३५ वटा बीमालेख जारी गरेर १८ करोड ६४ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी लिबर्टी माइक्रो लाइफले ७१ हजार ७२३ वटा बीमालेख जारी गर्दै १२ करोड ४४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS