IME Life New

हकप्रद शेयर निष्काशनका लागि नेको इन्स्योरेन्सको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस कारण माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद शेयर भर्न पाउनेछन् ।

कम्पनीले बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने निर्देशन दिएको छ । नेको इन्स्योरेन्सको हालको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS