IME Life New

आज अन्तिम दिन गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशनको आज अन्तिम दिन आज १३ गुणा बढी आवेदन परेको छ। डीएससीको तथ्यांकअनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीको आइपीओमा १९ लाख ६ हजार ७८४ जनाले २ करोड ५१ लाख ९० हजार ३६० कित्ता शेयर खरिद आवेदन दिएका हुन् । यो भनेको मागभन्दा १३.६५ गुणा बढी हो।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

Crest

सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।

आइतबारदेखि कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिने व्यवस्था थियो । गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS