IME Life New

पाँच महिनामा लघु निर्जीवन बीमकको व्यापार पौने ३४ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म लघु निर्जीवन बीमकले पौने ३४ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले मंसिरसम्म १ लाख ३३ हजार ३८५ वटा बीमालेख जारी गरेर ३३ करोड ८८ लाख ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

मंसिरसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल माइक्रो रहेको छ। यो कम्पनीले ३९ हजार ८६६ वटा बीमालेख बिक्री गरेर १० करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ३० हजार ३६१ वटा बीमालेख बिक्री गरेर ८ करोड ३१ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी स्टार माइक्रोले ३५ हजार १०० वटा बीमालेख बिक्री गरेर ७ करोड ७२ लाख ७६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोले २८ हजार ५८ वटा बीमालेख बिक्री गरेर ७ करोड ७१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS