IME Life New

राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३।७४ र २०७४।७५को नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्नेछ।

महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५।७६ देखि २०७८।७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सञ्चालकहरुको आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को बैठक भत्ता र एवं सुविधा पनि सभाले अनुमोदन गर्नेछन्। सञ्चालकहरुको बैठक भत्ता ६ हजार रुपैयाँ तथा सञ्चार, पत्रपत्रिका, इन्टनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनी पुस १८ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS