IME Life New

तीन लघु जीवन बीमकको लगानी १ अर्ब ६३ करोड, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा १ अर्ब ६३ करोड रुपैयाँ बढी लगानी रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको लघु जीवन बीमकको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफको चालु आर्थिक वर्षको प्रथम त्रैमास असोजसम्म १ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

सबैभन्दा धेरै लगानी गर्नेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ५६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ।

दोस्रोमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ५४ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ। लिबर्टी माइक्रो लाइफको लगानी पनि ५२ करोड ५१ लाख रुपैयाँ रहेको छ।

लघु बीमकहरुले सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ। यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ, ख वर्गका बैंकहरुमा ३ करोड ६५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुमा २० लाख रुपैयाँ मुद्दतिमा राखेका छन्।

यसैगरी सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १ करोड २६ लाख ८९ हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ९९ लाख ६५ हजार रुपैयाँ र नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा २५ लाख रुपैयाँ लगानी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS