IME Life New

लघु निर्जीवन बीमकको लगानी २ अर्ब माथि, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब रुपैयाँ बढी लगानी गरेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म लघु निर्जीवन बीमकले कुल २ अर्ब ६ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन्। सबैभन्दा लगानी गर्नेमा स्टार माइक्रो रहेको छ। यो कम्पनीले विभिन्न क्षेत्रमा ५३ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ।

Esewa
Crest

दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ५२ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ।

यसैगरी ट्रस्ट माइक्रोले ५० करोड ६३ लाख रुपैयाँ र नेपाल माइक्रोले ४९ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ।

कुन क्षेत्रमा कति ?

चार निर्जीवन लघु बीमकको सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ। असोज मसान्तसम्म क वर्गका बैंकहरुको निर्जीवन लघु बीमकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ, ख वर्गका बैंकहरुमा १२ करोड ८५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुमा ५ करोड १० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा निर्जीवन बीमकको कुल लगानीको ९९.७४ प्रतिशत हिस्सा रहेको छ।

त्यस्तै निर्जीवन लघु बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १३ लाख २८ हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३० लाख ८८ हजार रुपैयाँ र नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १० लाख रुपैयाँ लगानी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS