इन्स्योरेन्स खबर/काठमाडौं: सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस दिएको कम्पनीले बोनस पश्चात कायम पूँजीमा ३५ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले जेठ १ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले सिद्धार्थलाई चुक्ता पूँजीको ३५ प्रतिशतले हुने २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री गर्न स्वीकृत दिएको हो । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटले रहेको छ ।
हाल ६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ इन्स्योरेन्सको हकप्रद बिक्रीपछि चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।