IME Life New

बीमितलाई दाबी भुक्तानी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ।

कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ भदौ १६ गतेदेखि मंसिर १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा आई उक्त दाबी रकम बुझिलिन आग्रह गरेको हो।

Esewa
Crest

उक्त दाबी लिनका लागि सम्बन्धित बीमितका प्रधिनिधिहरुले कम्पनीले प्रथम पटक सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजापत्रसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालयहरु, शाखाहरुमा र कम्पनीबाट सम्बन्धीत दाबीमा खटाईएका सर्भेयरहरुलाई सम्पर्क गरी उक्त दाबी बुझिलिन आग्रह गरेको हो।

कम्पनीबाट हालसम्म पनि बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिमको समयावधिमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहीछाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धी बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ।

बीमित वा बीमितका प्रतिनिधिले गरेको दाबीको विस्तृत विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS