IME Life New

स्टार माइक्रो इन्स्योरेन्सले धितोपत्र बोर्डसँग माग्यो आइपीओ अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

स्टार माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो लाइफ, र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आइपीओ रहेको छ। स्टार माइक्रो थपिएसँगै यो संख्या ४ पुगेको छ।

केही समयपहिले गार्डियन माइक्रो लाइफले धितोपत्र बोर्डमा आइपीओ अनुमति पाएको थियो। हाल गार्डियन माइक्रो लाइफले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ जारी गरिरहेको छ।

नेपाल बीमा प्राधिकरणले लघु बीमकहरुलाई तत्काल आइपीओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ ल्याउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS