IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त, प्राधिकरणबाट स्वीकृति आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमलराज गौतम नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिले मंगलबार बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार गौतमको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन बाँकी रहेको छ।

Esewa
Crest

कुशल बीमाकर्मी श्रवणकुमार रावलको निधनपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ पद रिक्त भएको थियो। रावलको कात्तिक ८ गते निधन भएको थियो। उनको निधनपछि निमित्त सीईओको जिम्मेवारी डोरिन्द्रराज दाहालले सम्हालिरहेका छन्।

युनाइटेड अजोड इन्स्योरेन्समा सीईओको जिम्मेवारी पाएका गौतमले नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ क्यारियर सुरु गरी हिमालयन, एनआईसी एसिया, एनबि, सनराइज बैंक हुँदै साविक इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंक र साविक एभरेष्ट इन्स्योरेन्सको सीईओ भएर काम गरेका थिए। उनीसँग साढे दुई दशकको बैंकिङ अनुभव रहेको छ।

समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवं व्यवस्थापकीय क्षमतामा अब्बल मानिन्छन्। समस्याग्रस्त अवस्थाबाट गुज्रिएको साविक एभरेष्ट इन्स्योरेन्सलाई पनि गौतमले चारवर्षे कार्यकालमा प्रतिस्पर्धी कम्पनीका रुपमा उभ्याएका थिए।

बैंक र बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS