IME Life New

वैदेशिक रोजगारमा रहेकालाई भोलिबाट आइपीओ ल्याउँदै गार्डियन माइक्रो लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भोलि मंसिर १९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो आइपीओमा विदेशमा रहेका नेपाली पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति पाएको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ।

Esewa
Crest

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गर्नेछ।

वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

वैदेशिक रोजगारमा रहेका नेपाली आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनीले हो। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अझै ३ वटा लघु बीमा कम्पनीको आइपीओ रहेको छ।

हाल नेपालमा ७ वटा लघु बीमा कम्पनी सञ्चालनमा छन्। यी लघु बीमाको न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ। हाल कम्पनीहरुको संस्थापकतर्फको ५२ करोड ५० लाख रुपैयाँ चुक्ता भइसकेको छ भने बाँकी २२ करोड ५० लाख रुपैयाँ साधारण शेयर बिक्री गरेर जुटाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS