IME Life New

एनपीएलमा लुम्बिनी लायन्सको प्रयोजकमा नेपाल इन्स्योरेन्स कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी र लुम्बिनी लायन्सबीच एनपएील क्रिकेट प्रायोजनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर बहादुर जीसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत विकल लाल श्रेष्ठ र लुम्बिनी लायन्सका बाबु काजी कार्कीको समेत उपस्थिति थियो।

Esewa
Crest

मसिंर १५ गते देखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजना भइरहेको प्रिमियर लिगमा विश्वाशिलो बीमा साझेदारका रुपमा यस कम्पनी लुम्बिनी लायन्सको प्रायोजक बनेको हो। उक्त लिगमा सहभागी खेलाडी तथा अन्य व्यक्तिहरुले प्रयोग गर्ने लुम्बिनी लायन्सको टोपीमा कम्पनीको लोगो अंकित हुनेछ भने अन्य विभिन्न प्रवर्द्धनात्मक क्रियाकलापहरुमा समेत नेपाल इन्स्योेरेन्सको सहभागिता रहने कम्पनीले जनाएको छ। यस सम्झौताबाट नेपालको खेलकुदको विकाशमा टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ।

नेपाल सरकारको स्वामित्वमा १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले विगत ७८ वर्षदेखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, साख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा बीमा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS