IME Life New

चार महिनामा लघु जीवन बीमकको साढे ३० करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले चालु आर्थिक वर्षको कात्तिकसम्म साढे ३० करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार लघु जीवन बीमकले चालु आर्थिक वर्षको ४ महिनामा ४ लाख ५५ हजार ४९० वटा बीमालेख जारी गरेर ३० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउने लघु जीवन बीमकमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ३ लाख १३ हजार १४५ वटा बीमालेख जारी गर्दै ११ करोड ९० लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ९५ हजार १४ वटा बीमालेख जारी गरेर ११ करोड १४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै लिबर्टी माइक्रो लाइफले कात्तिकसम्म ४७ हजार ३३१ वटा बीमालेख जारी गरेर ७ करोड ५२ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS