IME Life New

विराटनगरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको होटल रुविजमा सम्पन्न गरेको उक्त कार्यक्रमा नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय कोशीका प्रतिनिधि, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकारी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका सस्थापक अध्यक्ष लवमणी राजभण्डारीका साथै महासंघसँग आवद्ध उद्योगी व्यवसायी गरी १०३ जनाको उपस्थिति रहेको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाको अध्यक्षतामा सञ्चालन भएको उक्त सचेतना कार्यक्रमा प्रमुख अतिथीको रुपमा उद्योग परिसदका केन्द्रिय उपाध्यक्ष भिम घिमिरे थिए भने नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय कोशी प्रदेशका सहायक निर्देशक पुष्पा खनाल विशिष्ट अतिथीको रुपमा थिए ।

Esewa
Crest

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए ।

प्रस्तुती पश्चात छलफल कार्यमक्रमा सहभागीहरुले राखेका जिज्ञासालाई लिएर नियमनकारी निकायको तर्फबाट पुष्पा घिमिरे तथा अन्य विषयहरुमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकरीहरुले जवाफ दिएका थिए ।

घरेलु तथा साना उद्योग महासंघ मोरङका सचिव श्यमलाल पौडेलले सञ्चालन गरेको कार्यक्रमा विभिन्न वक्ताहरुले आफ्नो विचार तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् भने प्रमुख अतिथिले निर्जीवन बीमाको क्षेत्रमा भन्झट रहित दावी भुक्तानी प्रकृया सहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघ सँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS