IME Life New

क्रेष्ट माइक्रो लाइफको नयाँ बीमा योजना सार्वजनिक, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायको सारथीको रुपमा छवी बनाउँदै गएको यस कम्पनीले बीमितको हितलाई सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना आज मंसिर ५ गते बुधवार सार्वजनिक गरेको हो ।

समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५/५ बर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी विमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ । नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने देखिन्छ ।

Esewa
Crest

योजनाका मुख्य विशेषताहरुः
बीमा योजनाः समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना
बीमाङ्क रकमः न्यूनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म
बीमितको प्रवेश उमेर : न्यूनतम १८ बर्ष देखि अधिकतम ५० बर्ष सम्म
अधिकतम बीमा समाप्ति उमेर :७० बर्ष
बीमा अवधि :१५/२०/२५ बर्ष
बीमाशुल्क भुक्तानी अवधिः बीमा अवधि बराबर
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक, अर्धबार्षिक र त्रैमासिक

अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भुमिका खेल्ने विश्वास छ ।

बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने जनाइएको छ । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशत सम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS