IME Life New

नेपाल माइक्रोको कुल बीमाशुल्क आर्जन पौने ४ करोड नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा २०३.९९ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्रथम त्रैमासमा कम्पनीले ३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९८ हजार ८७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनी कमिसनबापत ६२ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९८ हजार ८७ रुपैयाँ थियो।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३ लाख ८२ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३२ लाख ७९ हजार रुपैयाँ र अन्य इक्विटीमा ३८ लाख ६६ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३ लाख ६२ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३० लाख ९८ हजार रुपैयाँ र अन्य इक्विटीमा ३६ लाख ५७ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको बीमा कोषमा ८ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ५ करोड ८५ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS