काठमाडौं । गार्डियन माइक्रो लाइफले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस माइक्रो लाइफ कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा राम्रो ग्रोथ देखिएको छ ।
यस अवधिमा कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १९ लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको जीवन बीमा कोष ५ करोड २५ लाख रहेको छ ।
कम्पनीले समीक्षा अवधिमा ५ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ लाख १८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले पुनर्बीमा मार्फत यस अवधिमा २७ लाख ४२ हजार रुपैयाँ खर्चिएको छ ।
५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको महाविपत्ती जगेडामा ७ लाख २२ हजार रहेको छ । यस अवधिमा कम्पनीको अन्य इक्विटीमा १७ लाख ५३ हजार रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो १ दशलमव ९५ प्रतिशत रहेको छ ।