IME Life New

प्रोटेक्टिभ माइक्रोको पौने ४ करोडको व्यापार, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १८.०६ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्रथम त्रैमासमा कम्पनीले ३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ लाख ६८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क ४७३०.९० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५१ हजार २०५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनी कमिसनबापत ५३ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४८ हजार ७४३ रुपैयाँ थियो।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३६ लाख ८० हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ६८ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २९ लाख ८८ हजार रुपैयाँ र अन्य इक्विटीमा ५३ हजार ६१८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको स्पेसल रिजर्भमा ३४ लाख ९० हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ४९ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २७ लाख २१ हजार रुपैयाँ र अन्य इक्विटीमा ४९ हजार ८०८ रुपैयाँ रहेको थियो।

कम्पनीको बीमा कोषमा ७ करोड १७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ४ करोड ६२ लाख रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS