IME Life New

सलिकोको स्पेसल रिजर्भ साढे २ अर्ब माथि, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ५९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क ३१.४२ प्रतिशतले बढेको छ।

प्रथम त्रैमासमा कम्पनीले ३१ करोड १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कमपनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क १४.८५ प्रतिशतले घटेको छ।

चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १९ करोड ४५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४१ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ करोड ५१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १९ करोड ४५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५० करोड ७५ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ४ लाख रुपैयाँ रहेको थियो। कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.६५ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ८.७० रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.४० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS