IME Life New

ओरिएन्टल इन्स्योरेन्सको ४५.९३%ले बढ्यो कुल बीमाशुल्क आर्जन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले प्रथम त्रैमासमा २४ करोड ५१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख नाफा आर्जन गरेको थियो।

Esewa
Crest

कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ३७ करोड ५८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनी अन्य इक्विटीमा ८० करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड २७ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४५.९३ प्रतिशतले बढेको छ।

२०८१ असोज अन्त्यसम्ममा कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको छ।

कम्पनीको सोल्भेन्सी रेसियो १.६१ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS