IME Life New

स्व. श्रवण रावलको आज तेह्रौँ पुण्यतिथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्व. श्रवणकुमार रावलको आज १३ औँ दिनको पुण्यतिथि रहेको छ।

कुल बीमाकर्मी रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा कात्तिक ८ गते बिहीबार बिहान उपचारका क्रममा निधन भएको थियो। उनको आज कात्तिक २० गते तेह्रौँ पुण्यतिथि परेको हो।

Esewa
Crest

सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई मुटुमा एक्कासि समस्या भएपछि नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। रावल ६१ वर्षका थिए। रावलको परिवारमा पत्नी, एक छोरा र एक छोरी छन्।

निर्जीवन बीमा कम्पनीमा दुई दशकभन्दा लामो अनुभव भएका रावल युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए। त्यसअघि उनले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS