IME Life New

शिखर इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ताको तालिम सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कात्तिक २० गतेबाट कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाका लागि कम्पनीले विभिन्न पाँच वटा जिल्लामा सो तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले काठमाडौं, चितवन, मकवानपुर, नुवाकोट र धादिङ्ग जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो भने चितवनमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्न जनाएको छ ।

Esewa
Crest

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका लागि आवेदन दिने व्यक्ति एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि वा पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको तालिम प्राप्त वा सो भन्दा माथिल्लो योग्यता प्राप्त गरेको हुनुपर्ने कम्पनकिो भनाइ छ ।

त्यस्तै, क्षति मूल्यांकनकर्ता तालिमका लागि भने कृषि तथा वनस्पति वा पशुपन्छी सम्बन्धी विषयमा कम्तीमा प्लस टू वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

तालिममा सहभागिहरुले तालिमको अन्तिम दिन १ घन्टाको परीक्षा दिनुपर्नेछ । इच्छुक व्यक्तिहरूले सम्बन्धित शाखा कार्यालय तथा कम्पनीमा सम्पर्क गरी तालिममा सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS