IME Life New

आईएफआरएस सेभेन्टिन कार्यान्वयन भएमा नेपालको बीमा क्षेत्रमा उल्लेख्य परिवर्तन आउँछः क्षेत्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष एवं सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंक क्षेत्रीले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस (आईएफआरएस) सेभेन्टिन कार्यान्वयन भएमा नेपालको बीमा क्षेत्रमा उल्लेख्य परिवर्तन आउने बताएका छन्।

विडाप्टले आज काठमाडौंमा आयोजना गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस सम्मेलनमा अध्यक्ष क्षेत्रीले यस्तो धारणा राखेका हुन्। आईएफआरएस सेभेन्टिन विश्वव्यापी रुपमा प्रचलनमा रहेको उल्लेख उनले यसले बीमकको वास्तविक वित्तीय अवस्था बाहिर ल्याउने बताए।

Esewa
Crest

क्षेत्रीले आईएफआरएस सेभेन्टिनका विषयमा छलफल गर्न आयोजित यो सम्मेलन नेपालको बीमा क्षेत्रका लागि एउटा ठूलो अवसर रहेको बताए। ‘आईएफआरएस सेभेन्टिनका कार्यान्वयन गर्न भएको यो छलफलबाट हामीले थेरै लाभ उठाउन सक्छौँ’, उनले भने।

यो विधिले कम्पनीहरुको वास्तविक वित्तीय अवस्था झल्काउने हुँदा सरोकारवालाहरुले बीमकहरुको वित्तीय प्रगति, जोखिम, व्यवसायलगायतका विषयमा सजिलै बुझ्न सक्ने क्षेत्रीको भनाइ थियो। ‘यो सम्मेलनमार्फत हामीले यो विधि अन्य देशमा कसरी लागू भइरहेको छ भन्ने विषयमा बुझ्ने अवसर पाउनेछौँ’, उनले भने।

बीमा क्षेत्रमा थुप्रै चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष क्षेत्रीले यो विधि लागू भएमा त्यस्ता चुनौतीको पहिचान गर्दै कम्पनीलाई अगाडि बढाउन सहज हुने बताए। ‘त्यसैले यो सम्मेलन फलदायी साबित हुने मैले अपेक्षा लिएको छ, यो सम्मेलनको आयोजकलाई यस्तो अवसर जुटाइदिएकोमा धन्यवाद दिन चाहन्छु।’

सम्मेलनमा बीमा कम्पनीका सीईओ, सीएफओ, नियामकका कर्मचारीसहित ७० जना सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS