IME Life New

दाबी रकम लिन आवश्यक कागजात उपलब्ध गराउन बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले बीमितहरुलाई आवश्यक कागजपत्र उपलब्ध गराउन आग्रह गरेको छ । असोज ११ गतेदेखि देशभर तीन दिन सम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुगेको थियो । सो क्षतिको दाबी रकम उपलब्ध गराउने क्रममा क्षति यकिन गरी दाबी रकम निर्क्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी हुन नसकेकोले आवश्यक कागजात उपलब्ध गराई दाबी रकम लिन हुन सम्पूर्ण बीमितहरुलाई कम्पनीले आग्रह गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीका बीमितहरुबाट प्राप्त भएको बीमा दाबीहरुमध्ये कम्पनीबाट हाल सम्म ६० प्रतिशत बीमा दाबी संख्याको दाबी भुक्तानी भईसकेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै, कम्पनीबाट नियुक्त भएका सर्भेयरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शिघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको छ । दाबी प्रक्रिया सम्बन्धि थप सहयोग तथा जानकारीको लागि कम्पनीले निम्न नम्बरमा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS