IME Life New

सुनसरीको गलैँचा उद्योगमा भएको भीषण आगलागी नियन्त्रणमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दशैंको बिदा शुरू भइसक्दा सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्त पोलिमर गलैँचा उद्योगमा बुधबार बेलुका भीषण आगलागी नियन्त्रणमा आएको छ। बुधबार रातीबाट शुरू भएको आगलागी बिहीबार दिउँसो नियन्त्रणमा आएको हो।

आगलागीबाट भएको क्षतिको यकीन भई नसकेपछि उद्योग परिसर भित्र रहेको गोदाममा भण्डारण गरिएको कच्चा र तयारी माल पूर्णरूपमा नष्ट भएको छ। आगलागीका कारण कम्तीमा १५ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

Crest

धरानका व्यवसायी प्रिन्स अग्रवालले यो उद्योग सञ्चालन गर्दै आएका थिए । गलैँचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि शुरू भएको आगलागी १२ वटा दमकलको सहयोगमा बिहीबार दिउँसो मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

आगलागीबाट उद्योगको भवन र मेशिनरी र गोदाममा भण्डारण गरिएको गलैँचा, सिरक, डस्ना, चकटी, म्याट्रेस, कार्पेट, सवारी साधनलगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

विराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायत स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद तिमल्सिनाले बताए ।

दशैं तिहारको बिदाको समयमा एक दुई ठूलो उद्योगमा भिषण आगलागीको घटना नेपालको बीमा क्षेत्रले प्रत्येक वर्ष व्यहोर्दै आएको छ। यो संयोग मात्र पनि हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS