IME Life New

प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा नेशनल इन्स्योरेन्सको आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले राहत कोषमा १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।

उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ मजुमदार र नायब प्रमुख कार्यकारी अधिकृत पंकज गुलाठीले संयुक्तरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा योगदान गर्न अनुरोध गरेपछि इन्स्योरेन्सले सहयोग राशी उपलब्ध गराएको हो।

नेशनल इन्स्योरेन्स, भारत सरकारको पूर्ण स्वामित्वको निर्जीवन बीमक कम्पनी हो । भारतीय बीमकको शाखाका रूपमा नेपालमा नेशनल इन्स्योरेन्सले निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS