IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बालवालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख वित्तीय सहयोग प्रदान गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रधान कार्यालयमा सम्पन्न एक समारोहमा इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठद्धारा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोईरालालाई सो रकम वापत चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

सो अवसरमा इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले अस्पताल निमार्णमा सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै भविष्यमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए भने प्रा.डा. कोईरालाले सहयोगको लागि धन्यवाद दिए । समारोहमा इन्स्योरेन्सका सञ्चालक समितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS