IME Life New

बाढीपहिरोबाट क्षतिः ठूला दाबीको अग्रिम भुक्तानी दिँदै शिखर इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले बाढीपहिरोबाट भएको क्षतिका ठूला सम्पत्तिको अग्रिम दाबी भुक्तानी दिन थालेको छ।

कम्पनीले एक सूचना जारी गर्दै बाढीपहिरोबाट भएको क्षति पुगेका ठूला सम्पत्तिको अग्रिम भुक्तानी गर्दै आएको जानकारी गराएको हो।

Esewa
Crest

सम्बन्धित बीमितलाई अग्रिम दाबी भुक्तानी प्राप्त गर्नका लागि कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयर वा ९८०२३२०८२०, ९८०११५०४४६, ९८०२३३६४६५ र ९८४९६७०२६२ सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ।

बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार तथा संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्थाबमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ।

यसैगरी गत असोज ११ गतेदेखि देशभर परेको अविरल वर्षाबाट सिर्जित बाढीपहिरोका कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीमध्ये साना तथा सरल किसिमका बीमा दाबी द्रुत गतिमा भुक्तानी भइरहेको पनि कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS