GBIME
IME Life

दुई बीमकले हकप्रद शेयर ल्याउने अनुमति पाउँदा अझै ७ बीमक पर्खाइमा, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत असोज ११ गते दुईवटा बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दियो। अनुमति पाउनेमा लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी नेपाल) र एनएलजी इन्स्योरेन्स कम्पनी छन्।

एलआईसी नेपालले हालको चुक्तापुँजीको १ः०.८८४५ अनुपातमा अर्थात ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। अब यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। एलआईसी हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ।

SKYWELL
Crest

यसैगरी एनएलजी इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजी ६२.५६ प्रतिशत अर्थात १ः०.६२.५६ प्रतिशत हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। कम्पनीले अब १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।
एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने तोकेको छ। कतिपय बीमकहरुले बोनस र हकप्रद जारी गरेर चुक्तापुँजी पुर्याउने तयारी गरिरहेको छ।

लामो समयदेखि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन नसक्दा सार्वजनिक निष्कासन रोकिएको थियो। यही कारणले प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन हकप्रदको अनुमति मागेका बीमा कम्पनीहरु सकसमा परेका थिए। अब भने हकप्रद शेयरको अनुमति दिन थालेपछि बीमा कम्पनीहरुलाई राहात भएको छ।

अझै पनि धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा बीमा कम्पनीको हकप्रद अनुमतिको पर्खाइमा छन्। अनुमति पर्खाइमा रहेका बीमा कम्पनीमा जीवनतर्फ एसियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छन् भने निर्जीवनतर्फ प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन्।

जीवन बीमातर्फ एसियन लाइफले चुक्तापुँजीको ४५ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी सन नेपाल लाइफले चुक्तापुँजीको २७ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रभु महालक्ष्मी लाइफले पनि चुक्तापुँजीको १७ प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डको अनुमतिमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

उता निर्जीवनतर्फ प्रभु इन्स्योरेन्सले चुक्तापुँजीको ५०.१५ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

यस्तै नेपाल इन्स्योरेन्सले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डको अनुमतिमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

युनाइटेड अजोड इन्स्योरेन्सले भने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्डको अनुमति मागेको छ। यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

उता नेको इन्स्योरेन्सले चुक्तापुँजीको २५ प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डको अनुमतिमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

बीमा कम्पनीबाहेक अन्य १४ कम्पनीको हकप्रद शेयर पनि धितोपत्र बोर्डको पाइपलाइनमा रहेकोछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS