IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी नवनियुक्त सीईओ अञ्जु श्रेष्ठको पद बहाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ पदबहाली गरेकी छन्।

कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको थियो। नियमन तथा सम्पत्ति शुद्धीकरण शाखाबाट गत असोज ४ गते श्रेष्ठलाई सीईओमा नियुक्त गर्न सहमति प्राप्त भएको कम्पनीले जनाएको छ।

Esewa
Crest

सहमति प्राप्त भएसँगै कम्पनी सञ्चालक समितिको असोज १६ गतेको निर्णयले श्रेष्ठलाई सीईओ पदको सपथ गराई आज असोज १८ गतेबाट लागू हुने गरी पद बहाली गरिएको हो। श्रेष्ठलाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको छ।

गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ। साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब सीईओको जिम्मेवारी पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS