IME Life New

उड्डयन सुरक्षा रणनीति बनाउन सबै एकजुट हुनु सकारात्मकः सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उड्डयन सुरक्षा रणनीति बनाउन सबै पक्ष एकजुट हुनु सकारात्मक रहेको बताएका छन्।

काठमाडौंमा आज आयोजित एभिएसन रिस्क म्यानेजमेन्ट कन्क्लेभ–२०२४ मा प्रमुख अतिथिका रुपमा उपस्थित सिलवालले यस्तो धारणा राखेका हुन्। ‘उड्डयन क्षेत्र ठूलो व्यवसाय हो, यसमा देखिने जोखिम न्यूनीकरणका उपाय खोज्दै रणनीति बनाउन बीमक, पुनर्बीमक, पुनर्बीमा ब्रोकर, बीमा नियामकलगायतका सबै क्षेत्रका व्यक्तित्वहरु एक ठाउँमा भेला हुनु राम्रो कुरा हो’, उनले भने।

Esewa
Crest

उड्डयन क्षेत्र ग्लोबल कनेक्टिभिटीको आधार, नवीनतम र प्रगतिको एउटा आधार स्तम्भ रहेको अध्यक्ष सिलावलले बताए। ‘यद्यपि यो क्षेत्रमा थुप्रै जोखिम छन्, सञ्चालनसम्बन्धी सुरक्षा, मौसममा आधारित जोखिम र प्रविधिमा देखिने खतरा मुख्य छन्’, उनले भने, ‘विशेषगरी नेपालजस्तो देशमा भौगोलिक र भौतिक पूर्वाधारजस्ता कुराले जोखिम बढाइरहेको छ।’

बीमा नियामकका हिसाबले प्राधिकरणले स्थिर र प्रभावकारी इन्स्यारेन्स फ्रेमवर्क बनाउन अतिआवश्यक रहेको बुझेको पनि अध्यक्ष सिलवालले बताए। ‘उक्त फ्रेमवर्कले उड्डयन सुरक्षाको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मापदण्ड तयार गर्न सहयोगी गर्नेछ’, उनले भने।
यो सम्मेलनमा आफ्नो धारणा राख्न मौका दिएकोमा अध्यक्ष सिलवालले आयोजकलाई धन्यवाद दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS