IME Life New

बीमा कम्पनीका सीइओलाई ६ महिनाको ‘कुलिङ पिरियड’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २३ । अब बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुले एउटा बीमा कम्पनीबाट जागिर छोडेको ६ महिनाको पुगेपछि मात्रै अर्को बीमा कम्पनीमा सोही पदमा जागिर खान पाउने भएका छन् । बीमा समितिले ल्याएको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरेको हो ।

Esewa
Crest

समितिले हाल कार्यान्वयनमा रहेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका ०६९ परिमार्जन गर्दै ‘बीमक संस्थागत सुशासन सम्बन्धी निर्देशिका ०७५’ जारी गरेको हो । नयाँ व्यवस्थामा ६ महिनाको ‘कुलिङ पिरियड’ ल्याएसँगै अब बीमा कम्पनीका सीइओले एउटा कम्पनी छाडेको ६ महिनापछि मात्रै अर्काे कम्पनीमा सीईओ बन्न पाउनेछन् ।

यसअघि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाका सीईओहरूलाई ६ महिना ‘कुलिङ पिरियड’ व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS