काठमाडौं । निर्जीवन लघु बीमकले चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म ११ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा ४ वटा निर्जीवन लघु बीमा कम्पनीले ४२ हजार ४४६ बीमालेख बिक्री गरेर ११ करोड ३ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका हुन्।
यो २ महिनामा सबैभन्दा बढी व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १२ हजार १८४ बीमालेख बिक्री गरेर ३ करोड १२ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ९ हजार ४३० बीमालेख बिक्री गरेर २ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी भदौसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ हजार ३०५ बीमालेख बिक्री गरेर २ करोड ५८ लाख रुपैयाँ र स्टार माइक्रोले ११ हजार ५२७ बीमालेख बिक्री गरेर २ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।