IME Life New

विविध कार्यक्रम गरी नेपाल इन्स्योरेन्सले मनायो ७७ औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज असोज ८ गते मगंलबार ७७ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा विविध कार्यक्रम गरि मनाएको हो ।

उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्नुका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले यस कम्पनी ७७ औँ वर्षको गौरवशाली इतिहास पूरा गरी ७८ औँ वर्ष प्रवेश गरेको शुभ– अवसरमा कम्पनीका संस्थापक एवं शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियमन निकायहरु एवं सरोकारवालाहरु सबै प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा कम्पनीको सेवालाई अझ परिष्कृत बनाइने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

कम्पनीको ७७ औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७७ औँ वर्ष पार गरि ७८ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दै यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पु¥याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, कार्यरत सम्पूर्ण कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा आभार व्यक्त गरे ।

यसै अवसरमा आफ्नो जीवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेको १ कर्मचारीलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेको १ कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

नेपालको निर्जिवन बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस कम्पनीले प्रधान कार्यालय लगायत ५९ वटा कार्यालयहरु र ४ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS