IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले असोज ४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ः०।१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता हकप्रद ल्याउनेछ।

हकप्रद बिक्रीबाट कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ जुटाउनेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने तोकेको छ। न्यूनतम चुक्तपुँजी कायम बाँकी रहेको रकम कम्पनीले बोनस शेयर जारी गरेर पुर्याउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS